३१ आश्विन २०८३, शनिबार

लमजुङका दुई जलविद्युत् आयोजनाको बैंक जमानत जफत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । सम्झौताअनुसार निर्माण प्रक्रिया अगाडि नबढाएका दुई जलविद्युत् आयोजनाको बैंक जमानत जफत भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणले ७७ लाख ८० हजार ८ सय जफत गरेको हो ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार मिदिम खोला साना जलविद्युत् आयोजनाको १८ लाख, मदक्युखोला जलविद्युत् आयोजनाको ५९ लाख ८० हजार ८ सय बैंक जमानत जफत गरिएको हो । मिदिम खोला जलविद्युत आयोजनाको क्षमता तीन मेगावाट रहेको छ भने मदक्यु खोला जलविद्युत आयोजनाको क्षमता १० मेगावाट रहेको छ ।

ती आयोजनाले विद्युत् खरिद सम्झौता(पिपिए)मा उल्लेख भएअनुसारको सर्त पालना नगरेको र निर्माण प्रक्रिया नै सुरु नगरेका कारण अनुमतिपत्र समेत खारेज गरिएको छ । आयोगले केही समय पहिले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको भन्दै १० जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई निर्देशन दिएको थियो ।