३१ आश्विन २०८३, शनिबार

हिन्दु राष्ट्र कायम गर्न खुमबहादुर र पशुपतिसँग मिल्ने कमल थापाको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaकाठमाडौँ, १० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहमतिको नाममा तीन दलले संविधानसभाको बलात्कार गरेको आरोप लगाउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो–‘ तीन दलका एक दर्जन असफल र असक्षम नेताहरुले संविधानसभालाई अपहरण गरेका छन । सहमतिको नाममा उनीहरुले संविधानसभाको बालात्कार गरेका छन । संविधानसभालाईं गोकर्णबाट चलाईरहेका छन ।’
कार्यक्रममा थापाले आगामी माघ ८ गतेभित्र टिकाउ संविधान ल्याउने भए तीन दलको छाँयाबाट मुलुकको राजनीतिलाई मुक्त गर्नुपर्ने दाबीसमेत गर्नुभयो ।   ‘नागरिक समाजले समेत तीन दलको यो कर्मको उजागर गर्न सकेनन्,’ उहाँले भन्नुभयो ।

बाह्र बुँदे सम्झौता लगायतका सम्झौतालाई बाध्यताको सहमतिको संज्ञा दिदै उहाँले जनवादी व्यवस्था र संसदीय व्यवस्थाको सिद्धान्त मान्ने दलहरुवीच सम्झौता हुनै नसक्ने भन्दै भएपनि त्यसले मुलुकको भलो हुने खालको संविधान दिनै नसक्ने ठोकुवा गर्नुभयो ।

अध्यक्ष थापाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रलाई विधीबाट पुनः नटुङग्याए आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै सनातन हिन्दु राष्ट्रको विषयमा जनमतसंग्रह हुनुपर्ने बताउनुभयो ।

उहाँले सनातन हिन्दु राष्ट्र नेपालको पहिचान भएकोले धर्मको सिद्धान्त परिवर्तन नहुने स्पष्ट पार्दै त्यसको लागि खुमबहादुर खड्का र पशुपति शमसेर राणा लगायतकाहरुसँग सहकार्य गरेर त्यसको लागि छिट्टै अभियान सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।

थापाले सहमति, जनमत संग्रह र प्रक्रियाको विधीबाट संविधान निर्माण हुनुपर्नेमा सहमितको सम्भावना सकिएकोले अब जनमत संग्रहबाट संविधान बनाउनु पर्ने माग गर्नुभयो ।