३१ आश्विन २०८३, शनिबार

फोन सम्पर्क गरी महिला बलात्कार गर्ने तीन युवा प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-dainikबर्दिया, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कारको आरोपमा तीन जना युवालाई पक्राउ गरी सोमबार  सार्वजनिक गरेको छ।

बर्दिया जिल्ला ताराताल गाविस– ५ का वर्ष २० का विजय भन्ने सुनिल परियार, सोही ठाउँकै वर्ष १८ का यामबहादुर परियार र वर्ष १८ का बलराम कोइरालालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। उनीहरुलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो ।

अभियुक्त युवाले कुसुम्वाघाट हाटबजार गएको अवस्थामा सानोश्री गाउँ नं ५ की एक विवाहित महिलालाई सामान्य चिनजानको भरमा फोन सम्पर्क गरी हामीहरु तपार्इंकै गाउँका हौँ भनी मेलामा भेट्न बोलाई झुक्याएर सानोश्री कुसुम्वा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरतर्फको महिला जागृत सामुदायिक वनमा  कात्तिक ५ गते पालैपालो करणी गरेको आरोप छ।

बलात्कृत महिलाले प्रहरीलाई खबर गरेपछि अभियुक्तको खोजी कार्य गर्दै जाँदा बलराम कोइरालालाई आफ्नै गाउँबाट र अन्य दुई जनालाई सोरह्वा गाविसबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

मोबाइल कल डिटेलको आधारमा उनीहरु घटनामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ। रासस