२९ आश्विन २०८३, बिहिबार

अमेरिकाले नेपाललाई दियो २०५ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको सोमवार नेपाल र अमेरिकाबीच जारी खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ ।
खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । ४७.३ ओभरमा अमेरिका २०४ सहित अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले २–२ विकेट लिए ।

आइतवार सिंगापुरसँग भएको खेलमा नेपाल १९० रनले विजयी भएको थियो ।