३१ आश्विन २०८३, शनिबार

रत्नपार्कबाट संविधान बन्दैन भनी ट्विट गरेका ओली तीन दलको बैठकमा नगएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौं, १० कात्तिक । संविधानका विवादित विषयमा छलफल गर्न सोमबार सिंहदरवारमा बस्ने भनिएको बैठक बस्दै नबसी स्थगन भएको छ ।

नेकपा एमालेका नेताहरू अनुपस्थित भएपछि  बैठक स्थगन भएको हो ।

बैठक सोमबार बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको थियो ।

त्यही अनुसार   कांग्रेस र एमालेका नेताहरू त्यहाँ भेला भएका थिए ।

तर, एमाले नेताहरूको भने त्यहाँ कुनै अत्तोपत्तो भएन । बैठकस्थलमा एमालेका तर्फबाट अग्नि खरेलमात्रै उपस्थित भए ।

एमाले अन्य नेताहरु नआउने संकेत पाएपछि  साढे १० बज्न लाग्दा बैठक स्थगित भएको घोषणा गरिएको बुझिएको छ ।

कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समयमै बैठकस्थलमा आएका थिए ।

एमाओवादीका शीर्ष नेता पनि समयमै आएका थिए ।

बैठकमा एमाले नेताहरू अनुपस्थित भएपछि डा. बाबुराम भट्टरार्इ र प्रचण्डले आपसी छलफल गरेका थिए ।