२९ आश्विन २०८३, बिहिबार

झापाका साना चिया किसान आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनियानी (झापा) , ९ कात्तिक । झापाको एक चिया प्रशोधन कारखानाले सहमति विपरीत हरियो चियाको मूल्य आफूखुसी तोकेपछि साना चिया किसान आन्दोलित भएका छन् ।

झापाको हल्दिबारी–२ स्थित श्री हल्दिबारी टि प्रोसेसिङ प्रालिले दुई सातादेखि चिया किसानलाई जानकारी नगरी प्रतिकिलो दुईदेखि चार रुपैयाँ तोकेपछि समस्या उत्पन्न भएको हो ।

साना किसानले उत्पादन गरेको हरियो चियापत्ती टिप्न लगाए चिया प्रशोधन कारखानासम्म ढुवानी गरेर पु¥याउँदा पनि प्रतिकिलो चिया लागत सात रुपैयाँ ५० पैसा पर्न आउछ, अनि फ्याक्ट्रीले तीन÷चार रुपियाँ निर्धारण गरेको दरमा मार परेको किसान ईश्वरी दाहालले बताउनुभयो ।

साना किसान झापाली चिया व्यवसायी सदस्य सरोज विमलीका अनुसार चिया किसान र प्रशोधन कारखानाबीच भएको सहमति पालना गरिएको छैन, भदौपछि मनोमानी रूपमा मूल्य तोकिनु किसानको हितमा नभएको उहाँको भनाइ थियो ।

झापाका राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भारतको चिया कारखानाको हरियो चियापत्तीको खरिद मूल्यअनुसार हरेक साता झापाका कारखानाको दर तय गर्ने गरेको छ । किसानले सही मूल्य पाउनका लागि माग गर्र्दै कारखानामा नाराबाजीसमेत गरेका छन् । चिया कारखाना संघ ग्रुपले सञ्चालन गरी आएको हो । रासस