ओखलढुंगा, ९ कात्तिक । ओखलढुंगाको अँधेरीस्थित नारायणस्थानमा आइतबार बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।
बिरामी लिएर ओखलढुंगा सदरमुकाम जाँदै गरेको बा ७ च ५८७५ नम्बरको जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा परी ओखलढुंगा ठूलाछापका मणिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खड्का, टिका बस्नेत, तेजबहादुर बस्नेत, उनकी श्रीमती रामप्यारी बस्नेत, जोहिनी भट्टराई, वाक्साका नविन कुमार राई र प्राप्चाकी अप्सरा दाहालको ज्यान गएको हो । मृतक मध्ये दाहालको भने उपचारको क्रममा मृत्यु भएको हो ।
सिट क्षमता भन्दा बढी यात्रु चढेका कारण अनियन्त्रित भई कच्ची बाटोको भीरबाट जीप करिब दुईसय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिपका चालकसहित अन्य घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ ।
















प्रतिक्रिया