काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले ओखलढुंगामा भएको जिप दुर्घटनाप्रति शोक व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शोक सन्देश दिँदै एमाले महासचिव पोखरेलले जिप दुर्घटनामा जनधनको क्षति भएकोमा शोक व्यक्त गर्नुभएको हो । आइतवार बिहान १० बजेतिर ओखलढुंगाको निशंखेबाट ओखलढुंगा सदरमुकाम जाँदैगरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।
महासचिव पोखरेलले शोक सन्देशमा भन्नुभएको छ, ‘पूर्वको जुम्ला भनेर सम्वोधन गरिने मेरो जन्मस्थल ( ओखलढुंगा) आज पनि यातायातका लागि अत्यन्त प्रतिकूल मानिन्छ । भर्खर भर्खर वन्दै गरेको बाटोमा गुड्न थालेका सवारी साधनहरू जोखिमकै वीचमा गुडिरहेका छन् । त्यस्तो स्थितिमा परिवर्तन गर्न हामी सबै, खासगरी ओखलढुंगाका जनप्रतिनिधि साथीहरू र सबै राजनीतिक दलहरू लाग्नु जरूरी छ । दिवंगत जिल्लावासीहरूप्रति श्रद्धान्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना !’
महासचिव पोखरेलले दुर्घटनाका घाइतेहरूको अविलम्व उपचारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।















प्रतिक्रिया