महेन्द्रनगर, ९ कात्तिक । अरुको मलामी गएका महेन्द्रनगरका एक युवक आफैँ कालको शिकार भएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, निम्बुखेडका २४ वर्षीय दिनेशप्रसाद भट्ट जेठाबुवा रुद्रप्रसादको मलामी गएका बेला महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
महाकालीको भुजेलाघाटमा नुहाउने क्रममा उनी नदीमा बेपत्ता भएको आफन्तजनको भनाई छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको छ ।















प्रतिक्रिया