काठमाडौँ, ९ कात्तिक । मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले तेस्रो खेलमा सिंगापुरलाई नेपालले १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
२१.४ ओभरमा सबै विकेट लिदैँ नेपालले जित हात पारेको हो । सिंगापुरलाई नेपालले २६४ रनको चुनौति दिएको थियो ।
नेपालका तर्फबाट अमृत भट्टराईले पहिलो विकेट लिएका थिए । त्यसपछि सोमपाल कामीले दोस्रो विकेट लिए भने भट्टराईने नै तेस्रो लिए ।
त्यसैगरी सोमपालले नेपाललाई चौथो सफलता दिलाए । नेपाललाई लगातार पाँचौ र छैठौं सफलता पनि सोमपालले नै दिलाए । त्यसपछि लगातार बसन्तले सातौ आठौँ र नवौँ विकेट लिएर बसन्तले नेपाललाई जितको नजिक पुर्याए ।
नेपालको तर्फबाट अन्तिम विकेट पनि बसन्तले नै लिएर नेपाललाई सहज जित दिलाए ।
बायुमास ओभल,सेलाङ्गोर मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ११४ रन बनाएका थिए भने १२५ बल खेलेका मल्लले १३ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै ओपनर नरेश बुढाऐर २९ रन बनाएका थिए । सागर पुनले २१ रन बनाका थिए उनले १ छक्का र २ चौका प्रहार गरेका थिए। सरद भेषावकरले २५ रनको योगदान गरेका थिए ।













प्रतिक्रिया