काठमाडौँ, ९ कात्तिक । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईसहितका तीन दलका शीर्षनेताले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुसँग सामुहिक छलफल गरेका छन् ।
उनीहरुले आइतबार सिंहदरबारमा नयाँ संविधानमा नेपालको न्याय प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा प्रधानन्यायाधीश रामकुमार प्रसादसाह सहित न्यायाधीशहरुसँग छलफल गरेका हुन् ।
छलफलमा न्यायाधीशहरुले न्यायिक स्वतन्त्रतामा जोड दिएका थिए । स्वतन्त्र न्यायालयलाई कमजोर बनाइयो भने लोकतन्त्र कमजोर हुने उनीहरुको सुझाव थियो । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका अंगहरु कसैको मातहत हुन नहुनेमा पनि उनीहरुले जोड दिएका थिए ।
नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले आइतबारै निर्वाचन प्रणालीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल गर्ने र त्यसपछि तीन दलका शीर्ष नेताबीच छफल गर्ने तयारी गरेका छन् ।















प्रतिक्रिया