बुटवल, ८ कात्तिक । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको पाल्पा दोभान गाविस–५ झुम्सामा मोटरसाइकल र ट्रक एकआपसरमा ठक्कर खाँदा दुई युवकको ज्यान गएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु१क ७३० नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु१०प २०८४ नं को मोटरसाइकल शुक्रबार राति ठोक्किएका हुन् । दुर्घटनामा दोभान गाविस–२ का करिब १८ वर्षीय खेमबहादुर गुरुङ र सोही गाविसको वडा नं ४ का पदम श्रेष्ठको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।















प्रतिक्रिया