३१ आश्विन २०८३, शनिबार

मोबाइल चार्ज गर्दा ज्यान जाला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक सहायक प्रहरी निरीक्षकको ज्यान गएको छ । कोसी अञ्चल प्रहरी कार्यालय धरानमा कार्यरत बलराम मण्डलको मोबाइल चार्ज गर्दा सर्ट भएर लागेको करेन्टले ज्यान गएको हो ।

सप्तरीको औरही गाविस–५ पातो निवासी ४५ वर्षीय मण्डलको दीपावलीको छुट्टीमा घरमा आएका बेला मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु हो । करेन्ट लागेर गम्भीर उनलाई अञ्चल अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा ज्यान गएको हो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चलमा राखिएको जनाएको छ । रासस