३१ आश्विन २०८३, शनिबार

लुक्लामा खानेपानी समस्या समाधान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paniसोलुुखम्बु, ८ कात्तिक । व्यस्त पर्यटकीय बजार लुक्लामा तिहारको टीकाको अघिल्लो दिन वर्षौदेखिको खानेपानीको चरम समस्या समाधान भएको छ ।

खानेपानी नभएको तथा पानी अभावमा शौचालय प्रयोगमा समेत समस्या भइरहेकामा दुई वर्षअघि सुरु भएको खानेपानी योजना सम्पन्न भएर शुक्रबार पानी वितरण गरिएको छगरिएको छ ।  हिमालयन ट्रस्टको मुख्य लगानीमा निर्मित खानेपानी योजनाको नेपालका लागि न्युजिल्यान्डका राजदूत लिसा र सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारीका छोरा पिटरले उद्घाटन गरे ।

सो अवसरमा लिसा र  हिलारीले लुक्लामा सञ्चालित खानेपानी योजना ट्रस्टबाट लगानी गरिएका योजनामध्ये अहिलेसम्मकै उत्तम व्यवस्थापन र आर्थिक पारदर्शिताको योजना भएको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा पर्यटन विकाससँग सम्बन्धित कार्यमा लगानी गरिने वचन दिए ।

हिमालय क्लबका अध्यक्ष आङफुर्बा शेर्पाले सो योजनाबाट लुक्लाका विभिन्न जातजाति र धर्मावलम्बीबीचमा आपसी समझदारी र सहसम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे ।

एक करोड ४० लाख लगानी भएको सो योजनाका लागि मुख्य लगानी ट्रस्टको तथा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चौंरीखर्क, जिविस  र स्थानीयवासीको श्रमदानसमेत रहेको छ ।  सोयोजनाबाट चांैरीखर्क–८ लुक्लाका १६१ घरधुरीले स्वच्छ खानेपानी सुविधा पाएका छन् ।