३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कोइराला र भट्टराईबीच संविधानका विवादित विषयमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-baburam

काठमाडौं, ८ कात्तिक । संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा आज भएको भेटमा संविधानका विवादित विषयमा सहमति खोज्न विषयमा छलफल भएको हो ।

संविधानका अन्तर्वस्तुमा रहेका विवादमा सहमति निर्माणको गृहकार्यस्वरुप भट्टराईले कोइरालासँग भेट गरेको जनाइएको छ ।

पहिलो चरणमा प्रमुख तीन दलबीच गोकर्णमा भएको बैठकका बारेमा पनि भट्टराईले कोइरालालाई गराए ।

भेटका क्रममा प्रधानमन्त्री कोइरालाले चाँडो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा जोड दिएको भट्टराईले जानकारी दिए ।

यसैबीच, भोलि आइतबारदेखि तीन दलका शीर्ष नेताहरूबीच दोस्रो चरणको छलफल हुँदैछ ।