इटहरी, ७ कात्तिक । इटहरी नगरपालिका– १ स्थित सङ्गीत चोक नजिक रहेको लेखनाथ पराजुलीको दुईतले काठको घरमा बिहीबार राति ९ बजेतिर सुरु भएको आगलागीमा झन्डै रु ६० लाखभन्दा बढीको नोक्सानी भएको छ ।
माथिल्लो तलामा कोठा भाडामा बस्ने ट्र्याक्टर चालकले कोठाको टेबुलमा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट सुरु भएको आगलागी बिस्तारै खाना पकाउने एलपी ग्यास सिलिन्डरको पाइप सल्केर फैलेको थियो ।
आगलागी भएको केही क्षणमा नै इटहरी तथा धरान र इनरुवाका वारुणयन्त्र ल्याएर निभाइएको तथा थप नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । रासस















प्रतिक्रिया