मेलम्ची, ७ कात्तिक । सिन्धुपाल्चोक जिल्लाको मुख्य नदी इन्द्रावती किनार दिन प्रतिदिन भासिँदै गइरहेको छ ।
नदी किनारमा खोलिएका क्रसर उद्योगले जथाभावी ढुङ्गा, बालुवा निकालिरहेका छन् ।
स्थानीयवासी किशोर विद्याधरले मेलम्ची बजारदेखि काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाट बजारसम्मको करिब १२ किमि दूरीमा आधा दर्जन जति क्रसरले नदीबाट गिट्टी, ढुङ्गा, बालुवा निकाल्दा नदी गहिरिन गई किनारका फाँटमा नदीबाट कुलो बनाई पानी लान नसक्दा धान फल्ने फाँट बाँझै बस्न सक्ने बताउनुभयो ।
नदी किनारमा खेत हुने किसानहरु सरकारले व्यवस्थित रुपमा उद्योग सञ्चालन अनुमति दिनुपर्ने माग गर्छन् । रासस















प्रतिक्रिया