३१ आश्विन २०८३, शनिबार

राष्ट्रिय एकतालाई थप सुदृढ वनाउन आवश्यक: एमाले महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ वनाउनुपर्ने आवश्यकता टड्कारो बनेको बताउनुभएको छ ।

‘वहुजाति, वहुभाषी, वहुधार्मिक, वहुसांस्कृतिक विशेषता भएको हाम्रो मुलुकका लागि दिपावली लगायतका हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका सुदृढ आधार बन्दै आएका छन् । र, यही सामाजिक आधारमा हाम्रो राष्ट्रिय एकता खडा भएको छ, टिकेको छ ।,’ दीपावलीको अवसरमा शुभकामना दिँदै महासचिव पोखरेलले भन्नुभएको छ, ‘यतिवेला राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय हीत विपरितका अभिव्यक्ति र गतिविधिहरू निर्लज्जतापूर्वक सार्वजनिक भैरहेकावेला सामाजिक सद्भावलाई कायम राख्नुपर्ने र राष्ट्रिय एकतालाई थप सुदृढ वनाउनुपर्ने आवश्यकता टड्कारो वनेको छ । तिहार मनाइरहँदा सबैमा यही भावना सवल वनोस् ।’