३१ आश्विन २०८३, शनिबार

हिमपातमा परेर रसुवाका मात्रै दश जनाको मृत्यु, जिल्ला नै शोकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोलाराज पौडेल
नुवाकोट, ५ कात्तिक । मनाङ र मुस्ताङमा गत साता आएको हिमपातमा परेर रसुवा जिल्लाका मात्रै दश जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सबैको मंगलवार साँझसम्म अन्तिम संस्कार गरिएको छ ।

हिमपातमा परेर मृत्यु हुनेमा राम्चे गाविस वडा नं. ३ का वाङ्दी लोप्चन, सोही ठाउँका सोमे लोप्चन, वडा नं. ४ का लामा तेम्वा लोप्चन, वडा नं. ३ का दावा स्याङ्वा, वडा नं. ४ का दावा सिदार, कामी नाङ्गेल रहेका छन् ।

यस्तै भोर्ले गाविसका वडा नं. २ का सानु कान्छा घिसिङ, भोर्ले २ कै आइतराम घिसिङको पनि हिमपातमा परेर मृत्यु भएको छ । लहरेपौवा ८ का पासाङ तामाङ र यार्सा गाविस वडा नं. ९ का कृष्णबहादुर विकको मृत्यु भएको छ ।

मृत्यु भएकाहरुको मंगलवार साँझसम्ममा अन्तिम संस्कार गरिएको नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिनुभयो ।

हिमपातमा परेर राम्चे गाविसको मात्रै ६ जनाको मृत्यु भएको छ भने भोर्ले गाविसका दुई, लहरेपौवा र यार्सा गाविसका एक÷एक जनाको मृत्यु भएको छ ।

रोजगारीका लागि टे«किङ गएका आफन्तको शव आएपछि जिल्ला नै शोकमा डुवेको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले रिमालले मृतकको तथ्याङ्क र वेपत्ताहरुको संख्या समेत एकिन नभएको बताउँदै प्रहरीमार्फत तथ्याङ्क संकलन भइरहेको बताउनुभयो ।