काठमाडौं, ५ कात्तिक । सहमति खोज्दै एकान्तबास पुगेका प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको काठमाडौंको गोकर्णमा बसेको आवासीय बैठक निष्कर्षविहीन भएको हो । ‘सडकले संविधान बनाउने होइन् भन्नेमा हाम्रो अडान रह्यो, एमाओवादीले संघियताका लगायका विषयमा पुरानै ढर्रा नछाडेकाले सहमति हुन सकेन,’ दैनिक नेपाल डटकमका लागि मोहन बास्तोलासँग कुरा गर्दै एमाले महासचिव इश्वर पोखरेलले भन्नुभयो, ‘हामीले उनीहरुलाई सडक आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गर्यौं, उनीहरुले एउटै नाउमा दुईवटा खुट्टा हाल्ने प्रयास गरे ।’
एमाले महासचिव पोखरेलले सहमतिका खोज्न अर्को बैठक कात्तिक ९ गते बस्ने जानकारी पनि दिनुभयो ।
बैठकमा एमाओवादीले १० प्रदेशमा अडान लिएको थियो भने काँग्रेस र एमाले बढीमा सात प्रदेशका पक्षमा उभिएका थिए । प्रमुख दलहरु सहमति खोज्न भन्दै मंगलबार गोकर्ण रिसोर्टमा पुगेका थिए ।
शीर्ष नेताहरूले छलफलका क्रममा सामूहिक र अलग अलग परामर्श समेत गरेका थिए ।
दलहरूका बीच राज्य पुनःसंरचना, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्यायप्रणालीमा बढी विवाद छ ।

















प्रतिक्रिया