३१ आश्विन २०८३, शनिबार

जेठी श्रीमतीसँग मिलेर कान्छीको हत्या गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोलबजार (सिरहा), ४ कात्तिक । कान्छी श्रीमतीको हत्या गर्ने व्यक्ति र उनका जेठी श्रीमतीलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्व कुशहा–९ सुनसरीका राजकुमार शर्मा र उनकी जेठी श्रीमती रीना शर्मा छन् । जेठी श्रीमतीसँग मिलेर शर्माले कान्छी श्रीमती नीतु पूर्वेलाई हत्या गरेको अनुसन्धानबाट खुलेपछि उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

उहाँले हत्यामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अनुसन्धानबाट खुलेको र ती व्यक्तिको खोजी जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पारिवारिक विवादका कारण नीतुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान जारी छ ।’

नीतुको असोज २४ गते शुक्रबार राति हत्या भएको हो ।