३१ आश्विन २०८३, शनिबार

नेपाललाई हिन्दू राष्ट्र बनाउन कमल थापा र खुमबहादुर खड्कासँग सहकार्य गर्छौं: राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shumsher-rana

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नयाँ संविधानमा धर्मनिरेक्षता राख्ने वा नराख्ने वारे जनमतसंग्रह गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष जबराले आफ्नो पार्टीले संविधानसभाको पहिलो बैठकमा नै धर्मनिरपेक्षतावारे विरोध जनाएको बताउँदै यो जबरजस्ती माथिबाट लादिएकोले यसवारेमा जनमतसंग्रहबाटै टुँगो लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘८१ प्रतिशत भन्दा बढी जनता हिन्दू धर्म मान्ने भएको मुलकमा धर्मनिरेपक्षता स्विकार्य हुँदैन । त्यसैले नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनुपर्छ ।’’

अध्यक्ष जबराले धर्मनिरपेक्ष राष्ट्रको विपक्षमा पार्टीभित्र बुधबारदेखि नै अनौपचारिक छलफल शुरु गर्ने जानकारी दिनुभयो । जबराले भन्नुभयो –‘‘हामीले पहिलो संविधानसभामा पनि धर्मनिरेपक्षतावारे कुनै छलफल नभएको भन्दै लिखित रुपमै विरोध दर्ता गराएका थियौं । यसवारेमा हाम्रो अहिलेपनि विरोध नै छ । यसको टुँगो जनताको रायबाट हुुनुपर्छ भन्ने पक्षमा हामी छौं, हिन्दू राष्ट्र राख्ने वा धर्मनिरेपक्षताको विरोधमा कसरी जाने भन्नेवारेमा पार्टीमा भोलीबाट छलफल शुरु हुन्छ । पार्टीले एउटा धारणा तय गरिसकेपछि अन्य पार्टीहरुसँग पनि हामी छलफल गछौं ।’’

अध्यक्ष राणाले धर्मनिरेक्षताको विरुद्धमा बुधबारबाट आफ्नो पार्टीभित्र औपचारिक छलफल गर्ने र त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा र काँग्रेस नेता खुमबहादुर खड्का लगायतका धर्मनिरेक्षताका विपक्षमा रहेकाहरुसँग पनि छलफल गर्ने समेत जानकारी दिनुभयो ।

यद्धपि आफ्नो पार्टीले गणतन्त्र स्विकार गरिसकेको बताउँदै उहाँले अब कार्यन्वयन गर्नतिर लाग्ने समेत बताउनुभयो ।