यमबहादुर बम
धनगढी, ४ कात्तिक । अदालतबाट दोषी ठहरी फरार रहेका १० जनालाई प्रहरीले कैलाली र कञ्चनपुरबाट पक्राउ गरेको छ ।
क्षेत्रीय अनुसन्धान टोली सेतीले ५ तथा महाकालीले ५ गरी १० जनालाई पक्राउ गरी अदालत बुझाइएको प्रहरीले जनाएको छ ।
कैलालीको कोटातुल्सीपुर ९ का राधेश्याम डगौरा थारु, चौमाला ४ का हर्कबहादुर ठगुन्ना, टीकापुर नगरपालिका ८ का लिखुराम चौधरी, सोही ठाउँका गन्ती चौधरी र अमर विकलाई पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूह सेतीका प्रमुख प्रहरी निरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
राधेश्याम जालसाज. मद्दा तथा हर्कबहादुर, लिखुराम, गन्तीराम र अमरलाई अदालतले वन मुद्दामा दोषी ठहर गरी जरिवाना तोकेको थियो ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह महाकालीले पनि फरार रहेका कञ्चनपुरको झलारी गाविस–७ का फूलपाती डगौरा, भीमदत्त नगरपालिका–८ जगते दमाइ, डल्लु दमाइ, प्यारु दमाइ र भरत दमाइलाई पक्राउ गरी अदालत बुझाएको जनाइएको छ ।
कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका डगौंरा लुकिछिपी बसेका थिए । डगौंरालाई टोलीले कञ्चनपुरको पिपलाडी गाविस क्षेत्रबाट पक्राउ गरेको हो ।
अन्य चार जनालाई जिल्ला अदालत कञ्चनपुरले २०५७ साल फागुन २९ गते गाली बेइज्जती मुद्दामा जनही ४० हजार जरिवाना तोकेको थियो ।















प्रतिक्रिया