२९ आश्विन २०८३, बिहिबार

नेपाल बैंगलादेश बैंकले शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangladesh-Bank

काठमाडौं, ४ कात्तिक । नेपाल बंगलादेश बैंकले २२ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १० प्रतिशत वोनस सेयर र १२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको २५५औं बैठकले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारणसभाले अनुमोदन गर्नुपर्छ । त्यसपछि मात्र सेयरधनीले यो लाभांस पाउने छन् ।

यता प्राइम कमर्सियल बैंकको बुक क्लोज कात्तिक ११ गने हुने भएको छ । बैंकले १९ गते विशेष साधारणसभा गर्दैछ ।

प्राइम बैंकको २२३ औं सञ्चालक समितिको वैठकले कात्तिक १९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ । यसका लागि बैंकले बुकक्लोज गर्ने निर्णय गरेको हो ।