२९ आश्विन २०८३, बिहिबार

जुट उद्योग बन्द हुँदा करिब एक अर्बको नोक्सानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी, ३ कात्तिक । मोरङमा सञ्चालित पाँच जुट उद्योग बन्द हुँदा १०० करोड रुपैयाँको प्रत्यक्ष नोक्सानी भएको छ ।

मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडाका अनुसार नरेश राठीको गुह्ेश्वरी, नन्दकिशोर राठीको सिएम, देबेनरा मुन्दडा ग्रुपको बाबा जुट र त्रिभुवनमान सिंह श्रेष्ठको निक्की जुट उद्योगको लगानी जोड्दा १०० करोड रुपियाँ घाटा देखिएको हो ।

मुन्दडाका अनुसार उद्योग बन्द हुँदा ६ हजार मजदुर र कर्मचारी बेरोजगार भएका छन् । बिजुलीको समस्या र सरकारीस्तरबाट सहयोग नहुँदा जुट मिल्स बन्द गर्नुपरेको मोरङ व्यापार सङ्घका महासचिव तथा बाबा जुटका सञ्चालक प्रकाश मुन्दडाले बताउनुभयो ।

सरकारले सहयोग नगरेकाले १०० करोड रुपियाँको लगानी डुबाउनुपरेको गुनासो उनले गर्नुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले डेढ मेगावाट बिजुली दिन सरकारले नसकेपछि उद्योग बन्द गर्नुपर्ने अवस्थामा आइपरेको बताउनुभयो ।

बाह्य बजार र आन्तरिक समस्या भई घाटामा उद्योग चलाउनुपर्ने अवस्था आएकाले बन्द गर्नुपर्ने स्थिति आइपरेको अग्रवालको भनाइ छ ।

मोरङ र सुनसरी औद्योगिक कोरिडोर क्षेत्रमा सञ्चालित एक दर्जन जुट उद्योगसमेत सङ्कटमा छन् । रासस