२९ आश्विन २०८३, बिहिबार

भन्सार राजस्वमा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुन्चे, (रसुवा) २ कार्तिक ।  रसुवागढीमा रहेको पुरानो भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे दुई महिनाको अवधिमा रु १२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत शम्भूबहादुर खड्काका अनुसार गत साउनदेखि असोज १४ सम्म चीनबाट आयात भएका तयारी कपडा, जुत्ता, चप्पल र स्याउलगायतका वस्तुको शुल्कबाट रु १२ करोड ३५ लाख राजस्व सङ्कलन भएको हो ।

यस आर्थिक वर्षमा रु आठ करोड चार लाख राजस्व प्राप्त हुने वार्षिक लक्ष्य राखिएकामा सिन्धुपाल्चोकको माङ्खा क्षेत्रमा विनासकारी पहिरो गई सडक अवरुद्ध हुँदा चिनियाँ सामग्री रसुवागढी नाकाबाट आयात भएका कारण छोटो अवधिमै ह्वात्तै राजस्व बढेको बताइएको छ ।

गत वर्षको यस अवधिमा लगभग रु ५० हजारमात्र राजस्व सङ्कलन भएको र नेपालबाट चीनतर्फ
निकासी हुनेमा बढीजसो मैदा पिठो भएको भन्सार कार्यालयले जनाएको छ ।