२९ आश्विन २०८३, बिहिबार

मैत्री वहुउद्देश्यीय सहकारीको नाफा ६६ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिल खत्री

गुल्मी, कार्तिक २ ।  मैत्री वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५७ सालमा स्थापना भएको उक्त सहकारी संस्थाले १३ औँ वर्ष प्रवेशको अवसरमा साधारणसभा सम्पन्न गरेको हो ।

सहकारीले आर्थिक वर्ष २०७०/७१ सम्ममा २७ करोड ४७ लाख ६० हजार ३ सय १९ रुपैँया वरावरको कारोवार गरी आर.एम.डी.सी.बाट प्राप्त ऋणको ब्याज समेत चुक्ता गरेर ६६ लाख ६ हजार १ सय ९० खुद नाफा गर्न सफल भएको साधारणसभा पछि आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष वोमवहादुर खड्काले जानकारी दिनुभयो ।

संस्थाको ३८ लाख २४ हजार जगेडा कोष समेत रहेको उहाँले वताउनुभयो । संस्थामा २ सय ७६ महिला, ३ सय ६८ पुरुष गरी जम्मा ६ सय ४४ जना शेयर सदस्य तथा १ सय १५ जना वाल सदस्य रहेका छन् ।

लघुवित्त तर्फ २ सय २१ केन्द्र स्थापना भई ६ हजार सदस्य रहेका छन् भने ३ हजार ३ सय ९१ ऋणी रहेको संस्थाले जनाएको छ ।

२ करोड १० लाख शेयर पुँजी र ४ करोड ३५ लाख वचत संकलन गरी १४ करोड ऋण परिचालन गरेको उक्त सहकारीले लघुकर्जा, लघुउद्यम कर्जा, युवा स्वरोजगार कर्जा, कृषि तथा व्यवसायिक क्षेत्रमा समेत कर्जा प्रवाह गरेको संस्थाका ब्यवस्थापक अर्जुन आचार्यले जानकारी दिनुभयो ।

हाल २२ जना कर्मचारी कार्यरत रहेको सहकारीले आगमी वर्षसम्ममा ३५ जना कर्मचारी परिचालन गर्ने गरी ६ हजार सदस्य संख्यालाई वढाएर १० हजार पु¥याउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

गुल्मी जिल्लाका १७ ओटा गा.वि.स.मा शेयर सदस्यता विस्तार गरी आर्थिक कारोवार संचालन गरिरहेको सहकारीले जिल्लाभरलाई कार्यक्षेत्र वनाई लघुवित्त कार्यक्रम संचालन गरेको छ ।

तम्घासमा प्रधान कार्यालय रहेको सहकारी संस्थाको वलेटक्सार, जैसीथोक र ईस्मा रजस्थलमा गरी ३ ओटा उप शाखा रहेका छन् ।

१३ औंँ साधारणसभामा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनी, सहकारी संस्थाहरुको तर्फबाट जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष शेषकान्त गौतम लगायतले शुभकामना मन्तव्य राख्दै सहकारी आन्दोलनबाट नै समाजमा विद्यमान गरिवी र असमानतालाई न्यूनीकरण गर्दै जनताको जीवनस्तर उन्नत वनाउन र समतामूलक समाजको निर्माण कार्य समेत सम्भव रहेको वताउनुभयो ।

साधारणसभाको अवसरमा उत्कृष्ठ कर्मचारी तर्फ देवी मरासिनी, उत्कृष्ठ केन्द्र तर्फ सुर्यदीप महिला केन्द्र नयाँगाउँ, भगवती महिला केन्द्र तम्घास र विहानी मैत्री केन्द्र पल्लिकोट सम्मानित भएका छन् ।

साथै साधारणसभाको अवसरमा मैत्री सन्देश वार्षिक पत्रिका समेत प्रकाशन गरेको छ । साधारणसभाले व्यवस्थापक अर्जुन आचार्यले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गणेश विश्वकर्माले प्रस्तुत गरेको निती तथा कार्यक्रम र लेखा संयोजक रामवहादुर कुँवरले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।

संस्थाका अध्यक्ष वोमवहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढाकालको प्रमुख आतित्थ्यता, उपाध्यक्ष दानवहादुर केसीको स्वागत तथा सदस्य शंकर गौतमको संचालनमा सम्पन्न भएको थियो ।