२९ आश्विन २०८३, बिहिबार

बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

555काठमाडौं, ३१ असोज । बेस्ट रेमिट प्रा.लि तथा एभरेष्ट बैंकबीच कोरियाका लागि रेमिट्यान्स कारोवार गर्नेबारे सम्झौता भएको छ ।

सम्झौतामा बेस्ट रेमिटकातर्फबाट प्रबन्ध निर्देशक श्याम तामाङ्ग तथा एभरेष्ट बैंकका तर्फबाट नायब महाप्रबन्धक एके बंशलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता कार्यक्रममा बेस्ट रेमिटका प्रमुख सञ्चालन अधिकृत अनिलकुमार कर्ण तथा एभरेष्ट बैकका रेमिट्यान्स प्रमुख शुक्र गौतमको उपस्थिति रहेको थियो ।  बेष्ट रेमिटले विदेशबाट पठाएको रकमलाई सुरक्षितढंगले स्वदेशमा आफन्तको हातमा पु¥याउँदै आएको छ ।

बैंकिङ प्रणालीको प्रयोग गरेर विदेशमा रहेका नेपालीहरुलाई पैसा पठाउनका लागि उत्प्रेरणा प्रदान गर्दै आएको बेष्टले चाँडै मलेसियाबाट पनि कारोवार थाल्ने जनाएको छ ।