२९ आश्विन २०८३, बिहिबार

रसुवागढीबाट चिनियाँ सामग्री आयात ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुन्चे (रसुवा), ३० असोज । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आयातमा ठप्प भएको छ ।

नेपाली बजारमा पु¥याउने चिनियाँ व्यापारीले पठाएका सामग्री सीमा क्षेत्रमा रहेका चिनियाँ सुरक्षाकर्मीले मालवाहक ट्रक केरुङतर्फ नै फर्काएका कारण काठमाडौँबाट १५० किमी दूरी पार गरी रसुवागढी पुगेका सयौँ कन्टेनर रित्तो फर्कनु परेको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सिन्धुपाल्चोकको मान्खा क्षेत्रमा पहिरो गएपछि असोज १४ गतेसम्म तीव्र गतिमा आयात भएको चिनियाँ सामग्री एक्कासि बन्द हुँदा रसुवागढीको चहलपहल ठप्प भएको र तिहारको सामग्री ल्याउन नपाउँदा यहाँका व्यवसायीलाई मर्का परेको वाणिज्य सङ्घको भनाइ छ ।

सिन्धुपाल्चोक क्षेत्रको पहिरोले गत साउनमा तातोपानी नाकाबाट व्यापार अवरुद्ध गराएपछि खासा भन्सारले जाँचपास गरेका ट्रक मात्र केरुङ हुँदै रसुवागढीतर्फ ल्याइएको र तातोपानी खासातर्फ सडक सञ्चालन भइसकेको र केरुङतर्फ छुट्टै भन्सार नहुँदा सबै प्रक्रियाले औपचारिक पाएपछि मात्र रसुवागढी नाकाबाट चिनियाँ सामग्री छोड्ने सीमा क्षेत्रमा कार्यरत चिनियाँ अधिकारीको भनाइ रहेको प्रजिअ उद्धवप्रसाद भट्टराईले बताउनुभयो ।

चीनबाट आयात भएका रेडिमेड कपडा, जुत्ता, चप्पल, स्याउसमेतका सामग्रीबाट गत साउन, भदौ र असोज १४ गतेसम्म रु १२ करोड ३४ लाख राज्यकोषमा राजस्व दाखिला भएको रसुवा भन्सार कार्यालय रसुवागढीले जनाएको छ ।