२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आइएमई बैंक र भारतको आईडीबीआई बैंकबीच रेमिट्यान्स सेवा शुरु गर्ने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ime-samjuta-final

काठमाडौं, २७ असोज । ग्लोबल आइएमई बैंक र भारतको आईडीबीआई बैंकबीच नेपाल भारतमा रेमिट्यान्स सेवा शुरु गर्ने सहमति भएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआई बैंकका तर्फबाट बरिष्ठ महाप्रबन्धक मेदा जोशीले हस्ताक्षर गर्नुभयो ।

भारतबाट विप्रेशण भित्र्याउने गरी ग्लोबल आइएमईले यस अघि २०१२ मा भारतको युनाईटेड बैंक अफ इण्डियासँग पनि सम्झौता गरी कारोबार गर्दै आएको छ । सम्झौता अनुसार आइडिबीआई बैंकले आफ्ना करिब १५ सय शाखाहरुबाट ग्लोबल आइएमई बैंक मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । जुन यहाँ बैंकका सम्पूर्ण शाखाहरु लगायत आइएमईका २५ सय भन्दा बढी एजेन्टहरुबाट तत्काल भुक्तानी लिन सकिनेछ ।