काठमाडौँ, २४ असोज । पूर्वयुवराज पारस शाह फेरि बैंककमा पक्राउ परेका छन् ।
बुधबार दिउँसो पक्राउ परेका पारसलाई थाई प्रहरीले हत्कडीसहित सार्वजनिक गरेको तस्वीर थाइ समाचारले सार्वजनिक गरेको छ ।
उनी अवैध लागूऔषध कारोबारमा पटक–पटक समातिँदै आएका थिए ।
हत्कडीसहित पाङ्ग्रे टीसर्टमा देखिएका पारस झट्ट हेर्दा गजडी जस्तै देखिन्छन् । प्रहरीले पारससँगै बरामद गरिएको लागू पदार्थ पनि सार्वजनिक गरेको छ ।
थाई भाषाको पत्रिका ‘खाई न्युज’ का अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।
पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।
साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको समाचारमा उल्लेख छ । उनी अहिले पनि थाइल्याण्डमा लागू औषधको मुद्धा खेपिरहेका छन् ।















प्रतिक्रिया