१ कार्तिक २०८३, शनिबार

सप्तरीमा गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goli-prahar-pestol

विराटनगर, १६ असोज । सप्तरी जिल्लाको कल्याणपुर–४ मा बुधबार राति अपरिचित समूहले एक युवकमाथि गोली प्रहार गरी घाइते बनाएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार कल्याणपुर–४ बस्ने ३० वर्षीय मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले राति १० बजे गोली प्रहार गरी घाइते बनाएको हो ।

घर नजिकैको खोलामा शौच गरेर फर्कंदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनको दाहिने पाखुरामा गोली लागेको छ ।

इलाका प्रहरी कल्याणपुरबाट गएको प्रहरी टोलीले मियाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा गोली प्रहार गर्ने समूहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।