काठमाडौँ, १६ असोज । राज्यद्रोहका अभियोगमा पक्राउ परेकै बेला अनशन थालेका डा सिके राउतलाई काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले जुस खुवाएर अनशन तोडाएका छन् ।
मधेशी दलहरुले राउतलाई सरकारले हिरो बनाएको आरोप लगाइरहँदा बिहीबार नेपाली काँग्रेसका कार्यबाहक सभापति पौडेलले शिक्षण अस्पताल पुगी जुस खुृवाएर अनशन तोडाएका हुन् । सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र कृषिमन्त्री हरि पराजुलीले अभिव्यक्ति स्वतन्त्रलाई सरकारले सम्मान गर्ने जनाउनुभएपछि अनशन तोड्न उनी राजी भएका हुन् ।
नेपालबाट मधेशलाई अलग बनाउनुपर्ने लगायतका ववादास्पद अभिव्यक्तिका गत भदौ २९ गते मोरङको रङ्गेलीबाट पक्राउ परेका राउतलाई अदालतको आदेशमा थुनामा राखिएको छ ।
















प्रतिक्रिया