१ कार्तिक २०८३, शनिबार

विदेशमा रहेका सबै नेपाली राजदूत सरह: प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Kira

काठमाडौं, १६ असोज ।  प्रधानमन्त्री सुशील कोइरालाले विदेशमा रहेका सबै नेपालीले राजदूत सरह देश विकासका लागि भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा बेल्जियममा गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालो यो धारणा राख्नुभएको हो ।

‘मुलुकको विकासको लागि सबैपक्षको सहयोग आवश्यक छ, नेपालमा लगानीका लागि राम्रो बातावरण बन्दै गएको छ, शान्तिसुव्यवस्था कायम रहेको छ, विदेशमा बस्नुभएका सबै नेपालीले मुलुकमा लगानी भित्र्याउन राजदूत सरहकै भूमिका निर्वाह गर्नुपर्छ’–प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।

प्रस्ताविक नयाँ संविधानमा लोकतान्त्रिक मूल्यमान्यता अनुरुप शक्तिपृथकीकरण, स्वतन्त्र र जिम्मेवार न्यायालय, संसदप्रति उत्तरदायी सरकारलगायतको प्रावधान राख्ने पाटोमा विशेष ध्यान पु¥याइने बताउँदै उहाँले भष्टाचार नियन्त्रण र विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

भेलामा गैर आवासीय नेपाली सङ्घ र विभिन्न सम्पर्क समितिका पदाधिकारीले बेल्जियममा नेपालीको अवस्था र भोग्न परेको कठिनाई समाधानका लागि सरकारले गर्नुपर्ने पहलका बारेमा ध्यानाकर्षण गराएका थिए ।