१ कार्तिक २०८३, शनिबार

अबको चुनावमा एमाले बहुमतसहित देशकै ठूलो पार्टी: ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

झापा, १४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास बिना मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताउनुभएको छ ।

झापाको विर्तामोडमा नेपाल बुद्धिजीवी परिषद्द्वारा प्रकाशित ‘आरोहण’ नामक पुस्तकको मंगलबार लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

शान्तिको पहिलो जग लोकतन्त्र भएको बताउँदै अध्यक्ष ओलीले सङ्कीर्ण सोच त्यागेर मुलुक निर्माणमा अग्रसर हुन बुद्धिजीवीहरूलाई आग्रह गर्नुभयो ।

जनताको बहुदलीय जनवाद सामाजिक परिवर्तनको पक्षमा रहेको चर्चा गर्दै एमाले संसदीय दलका नेतासमेत रहनुभएका ओलीले जबजको पक्षमा अब सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय निकायको निर्वाचन चाँडै हुने र त्यसमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिँदै नेता ओलीले अबको निर्वाचनबाट एमाले बहुमतसहित देशकै ठूलो पार्टी बन्ने दाबी गर्नुभयो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष कमलप्रसाद वस्तीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ झापाका अध्यक्ष कमल गुरागाईंले लोकार्पित पुस्तकबारे टिप्पणी गर्नुभएको थियो ।