१ कार्तिक २०८३, शनिबार

चेकमार्फत हारजितको हिसाबकिताब गर्न थाले जुवाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cheque-adaalat

काठमाडौं, १४ असोज । पेसेवर जुवाडेले नगदभन्दा चेकमार्फत हारजितको हिसाबकिताब गर्न थालेका छन् । प्रहरीले आइतबार साँझ छापा हानेका चाबहिल र पुतलीसडकका जुवा अखडाबाट लाखौंका चेक बरामद भएका छन् ।

दुवै जुवाको खालबाट प्रहरीले १७ जुवाडेलाई पक्राउ गरेको छ । पुतलीसडकको जुवा अड्डाबाट धेरै पैसा बरामद हुने प्रहरीको अनुमान थियो । तर, दुई लाख १८ हजार रुपैयाँ मात्र बरामद भएको छ । जुवाडे पैसाको गड्डीभन्दा चेकबुक नै लिएर जुवा खेल्न बसेको भेटिएको प्रहरीले जनाएको छ ।

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको अगाडि एक घरमा महाशाखाका प्रहरीले छापा हानी ११ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवीन पाण्डे, सरोज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, राजेश केसी, सैलेश पौडेल, कान्छा तामाङ छन् ।

त्यस्तै चाबहिलको पशुपति क्याम्पसनजिकैबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।