१ कार्तिक २०८३, शनिबार

‘प्रचण्डलाई मात्रै मान्दैनौं, बरु आलोपालो गरौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

काठमाडौँ, १३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा एकलौटी ढङ्गले एमाओवादीलाई नदिने बरु आलोपालो प्रणाली उपयुक्त हुने बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको जिल्ला समिति काठमाडौँले नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा सोमबार राजधानीमा आयोजना गरेको स्वागत कार्यक्रममा उपाध्यक्ष रावलले एकल जातीय नभई बहुपहिचानसहितको सङ्घीय संरचना बनाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष रावलले नेपाल बहुभाषिक, बहुजाति र बहुसंस्कृति रहेकाले सबैको सम्मान र इज्जत गरेर मात्र राष्ट्रियता बलियो हुने धारणा राख्नुभयो ।