१ कार्तिक २०८३, शनिबार

तीन दल असफल भएको कमल थापाको ठहर, चाडबाड सकिएपछि आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapa

झापा, १३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दल आफ्नो ‘मिसन’मा असफल भएको आरोप लगाउनुभएको छ ।

सोमबार झापाको विर्तामोडमा राप्रपा नेपाल विर्तामोड नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले त्यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले दसैँअघि जनतालाई संविधानको पहिलो मस्यौदा दिने प्रतिबद्धता व्यक्त गरेका तीनदल त्यसबाट चुकेको बताउँदै संविधान निर्माणमा समेत आशङ्का उब्जिएको छ भन्नुभयो ।

तोकिएको समयमा संविधान निर्माण नहुने दाबी गर्दै अध्यक्ष थापाले संविधान निर्माणमा दबाब दिन दसैँ, तिहार, छठलगत्तै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

दसैँ तिहारलाई आन्दोलनका लागि शक्ति उपार्जनका रुपमा मनाउन कार्यकर्तालाई आग्रह गर्नुभएका थापाले संविधानको सुनिश्चितता, सनातन हिन्दू राज्यसहितको संविधानका लागि दसैँ तिहारलगत्तै आन्दोलनको घोषणा गर्नेसमेत खुलासा गर्नुभयो ।