२९ आश्विन २०८३, बिहिबार

ताइवानका विद्यार्थीले राष्ट्रपतिलाई पुस्तकले हिर्काए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताइपेइ, ११ असोज । ताइवानका राष्ट्रपति मा यिङ–जेयुले चीनप्रति बढ्दो सद्भावपूर्ण सम्बन्ध कायम गरेको भनी उहाँ ताइपेइ होटेलबाट निस्किदा कलेजका एक विद्यार्थीले उहाँलाई एक पुस्तकले हिर्काएको यिङ–जेयुको कार्यालयले शनिबार पुष्टि गरेको छ ।

‘फरमोसा बिट्रेड’ शीर्षकको उक्त पुस्तकमा दोस्रो विश्वयुद्धमा ताइवानको सत्ताधारी कुमिनताङ पार्टीको आलोचनात्मक इतिहास लेखिएको छ । राष्ट्रपतिलाई पूस्तक प्रहार गरिएको घटना शुक्रबार भएको थियो ।

घटनापछि उक्त विद्यार्थीलाई त्यहाँबाट हटाइएको थियो र निजले इटीटीभी समाचार च्यानलाई आफ्नो मुलुक ताइवानी जनताको भएको र राष्ट्रपति तथा कुमिनताङ पार्टीलाई ताइवानलाई चीनलाई नबेच्न चेतावनी दिनचाहेको बताएको देखाइएको छ ।

राष्ट्रपति माको कार्यालयले एक विज्ञप्ति प्रकाशन गर्दै आफ्नो कार्यालयले विचारको अभिव्यक्तिलाई विवेकपूर्ण रूपमा सम्मान गर्ने तर हिंसाको भत्र्सना गर्ने उल्लेख गरेको छ ।

हालसम्म नाम उल्लेख नगरिएको उक्त विद्यार्थीमाथि कुनै पनि अभियोग लगाइएको छैन ।

‘फरमोसा बिट्रेड’ शीर्षकयुक्त पुस्तक अमेरिकी पूर्व कूटनीतिज्ञ जर्ज करले सन् १९६५ मा लेख्नुभएको हो र यो ताइवानको स्वतन्त्रता आन्दोलनबीच निकै लोकप्रिय छ ।

यसमा राष्ट्रवादी सेना चिनियाँ कम्युनिस्टसँग गृहयुद्धमा पराजित भएपछिको सत्तावादी शासन र उनीहरूको ताइवानमा सन् १९४९ मा पलायनको विषयमा उल्लेख गरिएको छ । यस पुस्तकका आधारमा हलिउडमा सन् २००९ मा चलचित्र समेत बनेको थियो ।

सन् २००८ राष्ट्रपति पदको निर्वाचनमा माले दुई मुलुकबीच व्यापार तथा पर्यटन विस्तार गर्ने भनी प्रचारप्रसार गर्नुभएको थियो र यसै आधारमा विजय हासिल गर्नुभएको थियो ।

सन् २०१२ मा उहाँ उक्त पदमा पुननिर्वाचित हुनुएको थियो र हाल उहाँको लोकप्रियता खस्कदो छ । रासस/एएफपी