२९ आश्विन २०८३, बिहिबार

चीनको सिनजियाङमा ४० मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinaबेइजिङ, १० असोज । चीनको दङ्गाग्रस्त क्षेत्र सिनजियाङ्मा भएको पछिल्लो दङ्गामा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको छ ।
गत आइतबार सो दङ्गा भएको बताइएको छ । यसलाई पछिल्लो महिनामा भएको दङ्गाको सबैभन्दा हिंसात्मक रुप भनिएको छ ।

आइतबार दङ्गा भड्किएको थियो । सो दङ्गमा कयौं विस्फोटनहरु पनि भएका थिए । ती विस्फोटमा परी अधिकांशको ज्यान गएको थियो ।
अधिकारीहरुले सो घटनापछि उक्त क्षेत्रमा नै निकै ठूलो सङ्ख्यामा सुरक्षा प्रबन्ध गरिएको बताएका छन् ।

उनीहरुले कारबाहीका क्रममा पनि दङ्गामा सम्लग्नहरुको ज्यान गएको बताएका छन् । आक्रमणमा दुई जना प्रहरी अधिकारी पनि मारिएका सरकारले जनाएको छ ।

सिनजियाङ् प्रान्तको लुन्टाई जिल्लामा सो दङ्गा भड्किएको अधिकारीहरुले जनाएका छन् ।

उक्त जिल्लाकै वासिन्दा रहुनभएका एकजना प्राध्यापक इल्हम टोटीलाई अदालतले जन्मकैंदको सजाय सुनाएको दुई दिनमात्र अघि सो घटना भएको बताइएको छ ।

अर्थशास्त्रका प्राध्यापक टोटीलाई सो क्षेत्रका उइगुर जातीका विद्रोहीसँग लागेको र सहयोग गरेको अरोपमा पक्राउ गरी सो सजाय दिइएको हो ।

सो प्रान्तमा विगत लामोसमयदेखि उइगुर नामको एक अल्पसङ्ख्यक जातीले विद्रोह गरिरहेको छ ।

सशस्त्र रुपमा उनीहरुले गरेको विद्रोहमा प्रहरीले कारबाही गर्ने र यसका कारण महिनैपिच्छै कयौं नगरिक मारिने गरेका छन् । रासस/एएफपी