२९ आश्विन २०८३, बिहिबार

सिरियामा चरमपन्थी आतंकवादी समूहविरुद्ध अमेरिकी हवाई हमला जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hawai-hamala-final

सरिया, असोज ९ । सिरियामा चरमपन्थी आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) विरुद्ध अमेरिकी हवाई हमला जारी रहेको छ ।

सिरिया र टर्कीको सीमामा रहेको कोबेन सहर कब्जा गरी बसेका आइएस समूहलाई लक्षित गरी गरिएको हवाई हमलाबाट आइएसको दुईओटा सवारी–साधनमा क्षति पुगेको छ ।

पछिल्लो समय अमेरिकी र फ्रान्सको सैनिक विमानले सिरिया र इराकमा एकैसाथ हवाई हमला थालेको हो ।

आइएसले भने अमेरिकी सैन्य अभियानले आफूहरुलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ ।

यस्तै, आफनो कब्जामा रहेका अमेरिकी तथा बेलायती नागरिकको हत्या गर्ने चेतावनी सो समूहले दिएको छ ।

यसैबीच, सिरिया र इराकमा हवाई हमलाका कारण त्रसित बनेका सर्वसाधारण छिमेकीमुलुक पलायन हुनेक्रम जारी छ । (एजेन्सी)