कुन्दुज, (अफगानिस्तान) ८ फागुन । अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागमा पर्ने कुन्दुज प्रान्तमा अवस्थित एक प्रंहरीचौकीमा बुधबार भएको तालिवान आतङ्ककारीको आक्रमणमा चार अफगान प्रहरीको मृत्यु भएको समाचार छ ।
यस आक्रमण अन्य चार प्रहरी घाइते भएको पनि सुरक्षा स्रोतले जानकारी दिएको छ ।
कुन्दुज सहरको बाहिरी इलाकामा रहेको आत्मान्जाई इलाका रहेको अफगान स्थानीय प्रहरी जाँचचौकी (एएलपी) मा स्थानीय समयाअनजुसार बुधबार बिहान ८ बजे सो आतङ्ककारी आक्रमण भएको जनाइएको छ ।
सो आक्रमणमा एएलपीका चार सदस्यको मृत्यु हुनुको साथै अन्य चार घाइते भएको एएलपीका अधिकारी साराज उद्दिनले सिन्ह्वा समाचार समितिका जनाएका छन् ।
सो आक्रमणपछि आक्रमणकारीहरु भागेका र पछि तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सो आक्रमण को जिम्मा तालिवानले लिएको बताएका छन् ।
सन् २०१० सम्ममा अफगानिस्तानमा एक लाख ३० हजार नेटोसैनिक रहेकामा हाल आएर सो सङ्ख्या झरेर ४१ हजारमा आएको छ । ती सैनिकमा पनि २९ हजार अमेरिकी नागरिक रहेका छन् ।
अफगानिस्तान र अमेरिकाबीच द्विपक्षीय सुरक्षा सम्झौता भएमा आगामी बर्षसम्म पनि करिब १० हजार अमेरिकी सैनिक अफगानिस्तानकमा रहने अमेरिकाको योजना रहेको छ । रासस ÷सिन्ह्वा














प्रतिक्रिया