२९ आश्विन २०८३, बिहिबार

सिरियामा जिहादीविरुद्ध अमेरिकी हवाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ७ असोज । केही महिनायतादेखि विशेषगरी सिरिया र इराकमा आतङ्क मच्चाईरहेको इस्लामिक स्टेट (आईएस) का विरुद्धमा अमेरिकाले हवाई कारबाही सुरु गरेको समाचार छ ।

अमेरिका र आईएसका विरुद्ध लड्नका लागि तयार गरिएको अमेरिकाका साझेदार राष्ट्रहरुको समेत संलग्नतामा तयार गरिएको एक संयुक्त गठबन्धनले सिरियामा आईएसका विरुद्ध कारबाही सुरु गरिएको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले सो समाचारको पुष्टि गरेको छ । पेन्टागनले आईएसका विरुद्ध सोमबार देखि हवाई कारबाही सुरु गरिएको बताएको छ ।

हवाई कारबाहीमा अमेरिका र उसको साझेदार राष्ट्रहरुले सिरियाको आकासबाट सिरियामा बम हमला गरिरहेको बताइएको छ ।

पेन्टागनका प्रवक्ता रियर एड्मिरल जोन कर्बीले भन्नुभयो– म यो सूचनाको पुष्टि गर्नसक्छु कि सिरियामा त्यहाँ आतङ्क मच्चाईरहेका मुस्लिम अतिवादीहरुका विरुद्ध बम हमला गरी कारबाही सुरु गरिएको छ ।
अमेरिकाका सैनिक कमाण्डरको नेतृत्वमा सिरियामा बम कारबाही सुरु गरिएको छ । सोमबार बिहानैदेखि सो कारबाही थालिएको समाचारमा जनाइएको छ ।

कारबाहीका कारण भएको क्षतिका बारेमा भने केही आएको छैन । प्रवक्ता कर्बीले भन्नुभयो– अहिलेसम्म यसको क्षतिको बारेमा केही आएको छैन, केही समयमा आएपछि त्यसबारेमा सार्वजनिक गरिने छ ।
सिरियामा रहेका भनिएका ती मुस्लिम अतिवादीहरुका विरुद्ध हवाई कारबाही गरिने बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि नै सार्वजनिक गर्नुभएको थियो ।

उहाँले यसअघि नै आगामी अगष्ट ८ तारिखदेखि इराकमा कारबाही गरिने जानकारी दिइसक्नुभएको छ ।
यसअघि  नै उहाँले विश्वका विभिन्न पश्चिमा देशहरुसँग यस समूहका विरुद्धमा लड्नका लागि एक गठबन्धन निर्माणका लागि लागिसक्नुभएको छ ।

हालैका दिनमा उक्त समूहले सिरिया र इराकमा आतङ्क मच्चाइरहेका छन् । उक्त समूहका विरुद्धमा लड्न अमेरिकासहित केही मध्यपूर्वी देशहरुको समेत सहभागितमा सामुहिक गठबन्धन निर्माण गरिएको छ । रासस÷एएफपी