१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कोइराला पूर्णरूपमा स्वस्थ रहेको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

न्युयोर्क, ७ असोज । प्रधानमन्त्री सुशील कोइराला न्युयोर्कस्थित मेमोरियल स्लोन केट्रिङ क्यान्सर सेन्टर जानुभई स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रधानमन्त्री कोइराला स्वास्थ्य परीक्षणका लागि उक्त सेन्टरमा जानुभएको हो । अस्पतालमा गरिएका विभिन्न परीक्षणबाट उहाँ पूर्णरूपमा स्वस्थ रहनुभएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा कविरनाथ योगीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइरालाको रगत जाँच, छातीको सिटी स्क्यान र पूरै शरीरको पेट स्क्यान गरिएको थियो । ती सबै परीक्षणले प्रधानमन्त्रीमा पहिले देखिएको रोग पूर्णरूपमा निको भएको उक्त अस्पतालका चिकित्सक मन्जित बेन्चले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाको करिव तीन महिनाअघि यसै अस्पतालमा फोक्सोको क्यान्सरका लागि रेडियोथेरापी गरिएको थियो ।