२९ आश्विन २०८३, बिहिबार

नाइजेरियामा ६ तले भवन भत्किँदा ८६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nigeria-2

नाइजेरिया, ५ असोज । नाइजेरियामा एक ६ तले भवन भत्किँदा ८६ जनाको मृत्यु भएको शनिबार नाइजेरियाली अधिकारीहरुले पुष्टि गरेका छन् ।

गत सेप्टेम्बर १२ मा लागोसदेखि दक्षिणपश्चिममा पर्ने एक स्थानमाअवस्थित चर्च भवन भत्किएको थियो ।

सो चर्च भवन पाहुनाघरको रुपमा प्रयोग हुँदै आएको जनाइएको छ । सो भवनमा प्रायः जसो दक्षिणअफ्रिकाबाट आएका धार्मिक व्यक्तित्वहरुको बसोबास रहदै आएको बताइएको छ ।

यस घटनामा कम्तीमा १३४ जना घाइते भएका र ती सबैलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् । – सिन्ह्वा