वासिङ्टन, ४ असोज । ह्वाइट हाउसको परिसरमा शुक्रबार एक व्यक्ति पर्खाल नाघेर प्रवेश गरी भवनमा प्रवेश गर्न खोजेपछि अन्य व्यक्तिलाई हटाएको छ भने ती व्यक्तिलाई पक्राउ गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा उनका परिवार उक्त समयमा ह्वाइट हाउसमा नभएको जानकारी दिइएको छ ।
यसो भए पनि शुक्रबार साँझ स्थानीय समय अनुसार ७ बजेर २० बजे ह्वाइट हाउसको परिसरको उत्तरी भागमा उक्त घटना भएपछि त्यहाँ रहेका अधिकारी तथा पत्रकारहरूलाई भवनबाट हटाइएको जानकारी गुप्तचर सेवाले दिएको छ ।
राष्ट्रपति ओबामा तथा उनका परिवार केही समयअगाडि दक्षिणी भागबाट साप्ताहिक बिदा मनाउन क्याम्प डेविडतर्फ जाएका थिए ।
गुप्तचर सेवाका प्रवक्ता ब्रियन लिरीले उक्त व्यक्ति टेक्सासको कपरस कभका ४२ वर्षीय ओमार गोन्जालेज भएको बताए । यी व्यक्तिसँग कुनै पनि हतियार फेला नपरेको जानकारी लिरीले दिए ।
गोन्जालेजलाई अधिकारीहरूले पर्खन आदेश दिएको तर निजले अधिकारीहरूको भनाइ नमानी ह्वाइट हाउसको परिसरभित्र प्रवेश गरेको तथा ह्वाइट हाउसको उत्तरी भागको ढोकामा पुगेको समयमा निजलाई पक्राउ गरिएको लिरीले उल्लेख गरे ।
गोन्जालेजलाई स्वास्थ्य परीक्षणका लागि जर्ज वासिङ्टन अस्पताल लगिएको लिरीले बताए । जोन्जालेजले आफ्नो छाती दुखिरहेको बताएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।
कसैले ह्वाइट हाउसको पर्खाल नाघेमा सुरक्षा उल्लङ्घन गरेको मानिने र गुप्तचर सेवाले सुरक्षा, प्रवेश तथा त्यस विषयका कारण पत्ता लगाउनुपर्ने ती अधिकारीले बताए ।
ह्वाइटहाउसको यी व्यक्तिलाई पक्राउ गरिएको स्थान गुप्तचर सेवाका लागि सुरक्षाको दृष्टिकोणमा स्वीकार्य नभएको र यी व्यक्तिको प्रतिक्रियालाई पुरावलोकन गरिने बताइएको छ । – एएफपी














प्रतिक्रिया