काठमाडौं, ३ असोज । सरकारका प्रवक्ता समेत रहनु भएका सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सञ्चार माध्ययमबाट आफू प्रताडित भएको गुनासो गर्नुभएको छ ।
एन्टेना फाउन्डेशन, सर्च फर कमनग्राउण्ड र अमेरिकी सहयोग नियोगद्वारा आयोजित ‘गाउँ गाउँमा सिंहदरबार’ नामक गीति नाटक शुभारम्भ गर्दै रिजालले यस्तो गुनासो गर्नुभएको हो ।
निकै मलीन र हतास मुद्रामा देखिनु भएका रिजालले सबै सञ्चार माध्ययम लागेर आफूलाई सिध्याउन खोजेको आरोप लगाउनुभयो ।
एक सय प्रति छापिने ‘ख’ वर्गका साप्ताहिकदेखि मूलधारका ब्रोडसिट अखबारले समेत भ्रष्टाचारी र अनैतिक भन्दै आफ्नो बारेमा समाचार छापेको भन्दै उहाँले आफु गैंडाको छालाजस्तै भइसकेको भनी चित्त दुखाउनुभयो ।
अमेरिकामा राम्रो काम गरिरहेको अवस्थामा देशमा केही गर्ने सोचका साथ आएको तर, पछिल्लो समय सञ्चारमाध्ययमले खेदाएकाले निरास भएको गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे, पूर्वसचिव कृष्णहरि बास्कोटालगाएतले बोल्नुभएको थियो ।















प्रतिक्रिया