२९ आश्विन २०८३, बिहिबार

एमाले पदाधिकारी बैठकमा माधव, भीम र योगेशबाट ओलीलाई र्‍याखर्‍याख्ती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP-oli

काठमाडौं, ३० भदौँ । नेकपा एमालेको पदाधिकारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय पदाधिकारीहरुले  र्‍याखर्‍याख्ती पारेका छन् ।

दैनिक नेपाललाई प्राप्त जानकारी अनुसार, एमाले पदाधिकारीको बैठकमा शीर्ष नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल र सचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई र्‍याखर्‍याख्ती पारेका हुन् । ती नेताहरुको भनाइ जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।

माधव नेपाल

१. नवौं महाधिवेशन पछाडि पार्टी कसरी चलेको छ, कसले चलाईरहेको छ, कुन संयन्त्रले निर्णय गरेको छ, महत्वपूर्ण एवम् दुरगामी महत्व राख्ने निर्णयहरु भएका छन् कसको निर्णयको आधारमा भए ?

२. हाम्रो पार्टी व्यक्तिगत लहडमा चल्छ की सामुहिक निर्णय प्रणालीका आधारमा चल्छ ?

३. यो पार्टी कसैको व्यक्तिगत पेवा होइन लाखौलाख कार्यकर्ता र जनताको रगत र पसिनाबाट निर्मित पार्टी हो ।

४. अहिलेसम्म विना सल्लाह गरिएका निर्णयहरु सुकुुम्बासी आयोग गठन, ८ जना सभासद्को सिफारिश, समितिका सभापतिको चयन र मन्त्रीहरु फिर्ता बोलाएको र नयाँ पठाएको बारेमा गम्भीर छलफल र समीक्षा गरेर मात्र बैठक अगाडि बढाऔँ ।

भीम रावल

१.पार्टी संस्थागत निर्णयको आधारमा चल्नुपर्छ ।

२.अहिलेसम्मका सबै निर्णयको समीक्षा गरेर मात्र अघि बढौं ।

योगेश भट्टराई

१. हामी निर्णय सुन्ने तहमा छौँ की निर्णय गर्ने तहमा छौँ  ?

२. मन लाग्दा पदाधिकारी बैठक भन्दै बोलाएर राय लिए जस्तो गर्ने, मन नलाग्दा पदाधिकारी बैठक नै नबोलाउने र पदाधिकारी कुनै संरचना होइन भन्दै भाषण गर्ने अनि निर्णयमा मनपरी गर्ने ?

३. अहिलेसम्मका सबै निर्णयको बारेमा गंभीर समीक्षा विना बैठक अगाडि बढन सक्दैन ।

४. एउटै प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरुलाई निर्णयमा सहभागि नबनाएको कारण माइन्यूटमा हस्ताक्षर गर्दिन ।

५. गुटगत आधारमा चल्ने हो भने औपचारिक घोषणा गर्नुस् त्यही अनुसार कार्यकर्ताको बीचमा जान्छौँ ।

६. अहिलेसम्मका निर्णयहरुको बारेमा गंभीर समीक्षा विना बैठक अगाडि बढ्न सक्दैन ।

त्यसपछि अध्यक्ष के.पी. ओलीद्वारा बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित ।