२९ आश्विन २०८३, बिहिबार

अमेरिकी भिसाका लागि सोमबारबाट नयाँ प्रक्रिया (विज्ञप्तिसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

us-visaकाठमाडौं, २९ भदौ । संयुक्त राज्य अमेरिकाले भिसा आवेदन प्रक्रियामा परिवर्तन गरेको छ ।

अमेरिकी दूतावासले सोमबारबाट लागू हुने गरी भिसा निवेदन तथा भुक्तानी गर्न नयाँ अनलाइन सेवा गर्न सुरू गर्न लागेको हो ।

काठमाडौंस्थित अमेरिका दूतावासबाट जारी विज्ञप्ति अनुसार, नयाँ अनलाइन व्यवस्था पर्यटक, बिजनेस, विद्यार्थी र अन्य गैरआप्रवासी भिसामा लागू हुनेछ ।

विश्वभरका १२० भन्दा बढी मुलुकमा रहेका अमेरिकी दूतावास तथा कन्सुलेटहरूले सोमबारदेखि नयाँ अनलाइन सेवा प्रयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञीप्तमा नयाँ व्यवस्थाले यात्रुहरूलाई उपलब्ध अपोइन्टमेन्ट हेर्ने र उनीहरूको समय तालिकाको लागि सबैभन्दा उपयुक्त मिति र समय रोज्ने मौका मिल्ने उल्लेख छ ।

अनलाइन व्यवस्थासँगै बिहान ८ बजेदेखि राती ८ बजेसम्म नयाँ कल सेन्टरको समेत व्यवस्था गरिने दूताबासले जनाएको छ।

अमेरिकी डिभी भिसामा भने यो नियम लागू नहुने दूतावासले जनाएको छ । दूतावासले यसअघि नबिल बैंकमार्फत लिने शुल्क पनि अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिने जनाएको छ ।

भिसा प्रक्रिया विस्तृतमा हेर्न यहाँ क्लीक गर्नुहोस्