२९ आश्विन २०८३, बिहिबार

निरन्तर ओरालो लागेको नेप्से बुधबार थोरै उकालो लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stockकाठमाडौं, ११ भदौ । केही दिनदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार३६.६२ अंकले उकालो लागेको छ ।

सोमबार ३८ अंकले घटेको नेप्से  मंगलबार २५.९८ अंकले तल झरेको  थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार परिसूचक ४.१८ प्रतिशतले घटेर ९६०.४३ विन्दुमा कायम भएको छ ।

त्यसैगरी सेयरको मूल्यका साथै कारोबारमा पनि सुधार देखिएको छ । नेप्सेमा रु ६१ करोड ७४ लाख ११ हजार ९२१ बराबरको १३ लाख २१ हजार ५०८ सेयर कारोबार भएका छन् ।

नेप्सेमा सबैभन्दा बढी बिमा कम्पनीका सेयर मूल्यमा २४८.९७ अंकले बढेको छ । यसपछि जलविद्युत् कम्पनीहरुको सेयरमा १७८.३५ अंकले बढेको छ ।

त्यसैगरी बैंकिङ समूह परिसूचकमा ३६.६६ अंकले बढेको छ भने उत्पादनमूलक क्षेत्रका सेयर परिसूचकमा २४.०३ अंकले बढोत्तरी भएको छ । तर होटल समूहको नेप्सेमा भने २.४९ अंकले गिरावट आएको छ ।